Comments Add Comment

सत्य घटनाका फिल्ममा प्रदिपलाई जोडिनै मुश्किल

नायक प्रदिप खड्काले अभिनय गरेको चलचित्र ‘रोज’ बक्स अफिसमा असफल भयो । यो चलचित्रमा प्रदिप प्रेमीको भूमिकामा थिए । चलचित्रमा उनलाई आफ्नै प्रेमिकाको हत्या गरेको आरोप लागेको थियो ।

सुरुवातमा यो चलचित्र एक सत्य घटनामा आधारित रहेर बनाइएको थियो । तर, पछि यो बिषयमा विवाद भएपछि चलचित्रको नाम ‘रोजी’बाट ‘रोज’ बनाइयो । सत्य घटनामा आधारित रहेर तयार भएको चलचित्र चलेन । प्रदिपले चलचित्रबाट ठूलो आशा राखेका थिए । बक्स अफिसमा उनी असफल भए ।

काठमाण्डौको पाँच तारे होटलमा प्रदिप खड्काको मुख्य भूमिकमा रहने गरि चलचित्र ‘दीपेन्द्र सरकार’को घोषणा भयो । चलचित्रले स्वर्गिय पूर्व यूवराज दीपेन्द्र विर विक्रमको प्रेम कथालाई भन्ने बताइएको थियो । दीपेन्द्रको प्रेम कथालाई सार्वजनिक गर्ने तयारी निर्माणपक्षले गरेपनि यो पनि विवादमा मुछियो । अन्ततः चलचित्र नै बनेन । प्रदिप चलचित्रको शुभसाइतमा दीपेन्द्रको गेटअपमा देखिएका थिए ।

प्रदिपले नै अभिनय गर्ने भनिएको स्वर्गिय गायक अरुण थापाको बायोपिक पनि नबन्ने पक्का भएको छ । अरुण थापासँग सम्बन्धित एक संस्थाले प्रदिपको अनुहारको बर्ण अरुण थापासँग नमिल्ने भन्दै चलचित्र नै बन्न नसक्ने बतायो ।

चलचित्रमा प्रदिप मुख्य भूमिकामा हुने पक्का थियो । तर, यो चलचित्रको निर्माणगर्दा विवाद हुने देखेर निर्माणपक्षले चलचित्र नबनाउने निर्णय गर्यो । दिनेश राउतले यो चलचित्र निर्देशन गर्ने तयारी गरेका थिए ।

प्रदिप खड्काले सत्य घटनामा आधारित रहेर ३ चलचित्रमा काम गर्ने पक्का भयो । एउटा चलचित्र बन्यो तर असफल भयो । बाँकी २ बन्न सकेन । प्रदिप अहिले लभस्टोरी, कमेडी चलचित्रमा नै व्यस्त छन् । ‘दीपेन्द्र सरकार’ र अरुण थापाको बायोपिक बनेको भए, सायद प्रदिपको करिअरलाई ठूलो फाइदा मिल्न सक्थ्यो कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment