+
+
Shares

अस्तित्वको दाहसंस्कार

नवीन शर्मा नवीन शर्मा
२०७७ असोज ६ गते १३:४६

यो शहरले बत्तीहरू झुन्ड्याउँछ ठाउँठाउँमा
र सँगसँगै झुण्ड्याउँछ आशाहरू
–संवेदनाहरू
–अनुभूतिहरू
झुन्ड्याउँदा झुन्ड्याउँदै चोकको कुनै एक कुनामा झुण्ड्याउँछ
पोर्नस्टारको पोस्टर
र त्यहाँ झुन्ड्याउँछ पुरुषवादी नजर

कतै फुलहरू फुलाउँछ नजरको लागि
कतै बगरहरू सजाउँछ सजाउनका लागि
कतै मनहरू धमिल्याउँछ सत्ताका लागि
कतै भावनाको कुण्डमा विचारको बली दिन्छ
र मनाउँछ विजयोत्सव

कतै मुस्कानहरूको पसल थापेजस्तो
–खुसी थापेर बस्छ
कतै पीडाको हड्ताल गर्छ
–अन्यायमा परेजस्तो
कहिले मानसिक सन्तुलन गुमाउँछ
र चपाउँदै हिँड्छ विभेदका अखाद्यवस्तु

कहिले आफ्नै अनुहारमा दलेर हिँड्छ
अलकत्राजस्तो अश्वेत विचार
कतै फूलमाला लगाएर हिँड्छ सार्वभौमको खातिर
कहिले जिम्मा लिएर बस्छ हातगोडा गुमाएको अपाङ्ग समय
कहिले शक्ति प्रदर्शन गर्दै हिँड्छ युद्धको तयारीजस्तो

हामी त पुलती न हौं
उज्यालो पछ्याउँदै उड्छौं लालचको,
यो सहरले आज फेरि
बालेर रक्तचन्दन, छरेर उज्यालो भ्रम
खसाल्दैछ हाम्रा पखेटाहरू ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?