+

भिदाल इन्टर मिलानमा अनुबन्धित

२०७७ असोज  ६ गते १५:५५ २०७७ असोज ६ गते १५:५५
भिदाल इन्टर मिलानमा अनुबन्धित

६ असोज, काठमाडौं । मिडफिल्डर अर्टुरो भिदाल इटालियन क्लब इन्टर मिलानमा अनुबन्ध भएका छन् । सिरी ए क्लबले भिदाललाई स्पानिस क्लब बार्सिलोनाबाट १ मिलियन युरोमा अनुबन्ध गरेको बार्सिलोनाले जनाएको छ । भिदालले इन्टरसँग दुई वर्षको सम्झौता गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ ।

सन् २०१८ मा क्याटलान क्लब पुगेका चिलियन मिडफिल्डर भिदालले बार्सिलोनाका लागि ९६ खेल खेल्दै ११ गोल गरेका थिए । उनी बार्सिलोनामा गएपछि उनको टिमले स्पानिस ला लिगा र स्पानिस सुपर कप जितेको थियो ।

सन् २०१८ को एलक्लासिकोमा रियल मड्रिड विरुद्ध ५-१ को शानदार जित हात पार्दा भिदालले बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए ।

रोनाल्ड कोएमन बार्सिलोनाका नयाँ प्रशिक्षक बनेपछि क्लब छाड्ने भिदाल दोस्रो खेलाडी बने । यसअघि नै मिडफिल्डर इभान राकिटिक सभिया फर्किसकका छन् । यस्तै फरवार्ड लुइस सुआरेजले पनि क्याम्प नोउ छाड्ने पक्का भइसकेको छ ।

कोएमनले आफ्नो योजनामा नराखेका खेलाडीहरुको अहिले क्लब छाड्ने लाइनमा छन् ।

अर्टुरो भिदाल इन्टर मिलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय