Comments Add Comment

फुटसल सञ्चालन गर्ने व्यवसायीहरुको निर्णय

६ असोज, काठमाडौं । नेपाल फुटसल व्यवसायी संघले फुटसल भोलिदेखि देशभर नियमित सञ्चालन गर्ने घोषणा गरेको छ ।

फुटसल व्यवसायी संघको मंगलबार बसेको बैठकले कोरोना महामारिका कारण ६ महिनादेखि बन्द रहेको फुटसल कोर्टहरु बुधबारदेखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो ।

नेपालभर निजी क्षेत्रबाट सञ्चालनमा रहेको फुटसल कोर्ट ६ महिनादेखि बन्द रहेको हुँदा चरम आर्थिक संकटमा रहेको संघले जनाएको छ । संघले नागरिकको मानसिक, शारीरिक, स्वास्थ्य र मनोरन्जन कायम गराउने अभिप्रायले अरबौ खर्च गरी देशभर फुटसल सञ्चालनमा रहेको जनाउँदै पछिल्लो पटक लकडाउनले गर्दा व्यवसायीहरु चरम आर्थिक मारमा परेको संघले जनाएको छ ।

पछिल्लो समय नेपालमा पनि लकडाउन खुकुलो भएसँगै अति भिडभाड हुने विभिन्न व्यवसायिक क्षेत्रहरु खुकुलो भएको अवस्थामा फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले जिल्ला प्रशासन कार्यलयमार्फत सावधानी अपनाइ फुटसल खोल्नको अनुमतिको लागि ज्ञापनपत्र बुझाएको थियो । तर त्यसमा सरकार उदासिन रहेका संघको भनाइ छ ।

फुटसल व्यवसायी संघ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार अन्य व्यवासयिक क्षेत्रभन्दा धेरै सुरक्षित तरिकाले फुटसल सञ्चालन गर्न सकिने विज्ञप्तिमार्फत जनाएको छ । ‘हामीले सरकारलाई बुझाएको ज्ञापन पत्रमा खेल सञ्चालन गर्दा खेलाडीको तापक्रम, साबुन पानीले हात धुने, ५-५ जनाबीच मात्रै खेलाइने, सेनिटाइजर प्रयोग गर्ने, फुटसल एरिनालाई नियमित रुपमा किटाणुरहित बनाउने, फुटसलका कर्मचारीलाई अनिवार्य मास्कको व्यवस्था गर्ने लगायतको प्रतिबद्धता जाहेर गरेका थियौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अघि भनिएको छ, ‘सरकारले यस क्षेत्रमा ध्यान नदिदा जग्गाको भाडा, बैंकको ब्याज, कर्मचारीको तलबले यस क्षेत्रका व्यवसायीहरुलाई सताएको छ ।’ यसतर्फ सरकारको ध्यान जाओस् भ्दै बाध्य भएर बुधबारदेखि फुटसल खोल्ने निर्णयमा पुगेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment