Comments Add Comment

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९० हजार नाघ्यो

७ असोज, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९० हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार ८५ जनाको मृत्यु भएको हो ।

त्यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ५६ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख ४६ हजार ११ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा नौ लााख ५३ हजार ६८३ जनाको कोरोना परीक्षण गर्दा ८३ हजार ३४७ नयाँ संक्रमित थपिएका हुन् ।

अहिलेसम्म भारतमा ४५ लाख ८७ हजार ६१४ संक्रमित निको भइसकेका छन् भने नौ लाख ६८ हजार ३७७ संक्रमित निको हुन बाँकी छन् । भारत संक्रमित संख्याको आधारमा अमेरिकापछि सबैभन्दा प्रभावित भएको मुलुक हो ।

मृतक संख्याको आधारमा भने भारत अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ । अमेरिकामा कोरोनाको कारण दुई लाखभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि एक लाख ३८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment