Comments Add Comment

‘कृष्ण लिला’मा पुष्प र दीपिका

चलचित्र ‘कृष्ण लिला’को निर्माण हुने भएको छ । दिपक वलीको निर्देशनमा बन्ने यो चलचित्रमा लक्ष्मण सुवेदीको लेखन छ । चलचित्रमा अर्जुन पोखरेलले संगीत भरेका छन् ।

चलचित्रमा नायक पुष्प खड्का र नायिका दीपिका प्रसाँइको मुख्य भूमिका रहनेछ । साथमा चलचित्रमा वुद्दी तामाङ, रविन्द्र झा लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । यो चलचित्रको छायांकन असोजको १५ गतेबाट सुरु गर्ने योजनामा निर्माणपक्ष छ ।

चलचित्रको छायांकन इलामको साथमा तराइका विभिन्न जिल्लामा हुनेछ । रोमान्टिक सस्पेन्स कथामा यो चलचित्र बन्न लागेको वुझिएको छ । रोहित कट्टेलको प्रस्तुतीमा तयार हुन लागेको यो चलचित्रका निर्माता रत्न श्रेष्ठ हुन् ।

लामो समयदेखि ठप्प रहेको चलचित्र क्षेत्र विस्तारै चलायमान हुन थालेको छ । २ दिन अगाडि मात्र काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘हिड्दा हिड्दै’को घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment