Comments Add Comment

ध्यानले यौन जीवनलाई कसरी आनन्ददायक बनाउँछ ?

महिलाहरूले यौन आनन्दको लागि कस्तो उपाय अपनाउन सक्लान् ? यौन जीवनमा हुने कमजोरीका कारण धेरैको घरपरिवारमा समस्या निम्तिने गरेको पाइन्छ । एउटा सहज खालको जीवनशैलीगत सुधारले हाम्रो यौन जीवनलाई फाइदा पु¥याउँछ भन्ने विषयमा भने धेरै बेखर हुन सक्छन् ।

जर्नल अफ सेक्स एण्ड मेरिटल थेरापीमा प्रकाशित एक नयाँ अध्ययनले भने ध्यान गर्ने महिलामा चरम यौन सुखको अनुभव हुने कुरा उल्लेख गरेको छ । जो महिला नियमित ध्यान गर्ने गर्छिन्, उनीहरूको यौनजीवन अरूको तुलनामा अत्यधिक हुने गर्छ । विज्ञानले पनि यो कुरालाई पुष्टि गरिसकेको छ कि महिलाहरूको यौन स्वास्थ्यको लागि मेडिटेसनले अहम् भूमिका खेल्ने गर्छ ।

शोधको क्रममा गरिएको लगभग एक दर्जन जति अध्ययनहरूबाट यो कुराको पुष्टि भएको हो । जसमा ध्यानले महिलाको यौन क्रिया र सन्तुष्टिमा धेरै सुधार ल्याउने गर्छ भन्ने कुरा ब्रिटिस कोलम्बिया विश्वविद्यालयका एक प्राध्यापक र बेटर सेक्स थ्रु माइन्डफुलनेसका लेखकले समेत बताउने गरेका छन् ।

ध्यानको यौन जीवनसँग सम्बन्ध

यस अध्ययनमा १९ देखि ७० वर्षबीचका ४५१ जना महिलाहरूलाई सामेल गराइएको थियो । शोधकर्ताहरूले  प्रतियोगीहरूसँग उनीहरूले यौन जीवन र ध्यान गर्ने विषयमा प्रश्न सोधेका थिए । यसबाट यो कुराको पुष्टि भएको छ कि मेडिटेसन गर्ने महिलाहरूले सामान्य महिलाको तुलनामा धेरै यौन आनन्द लिने गरेका छन् । उनीहरूले यो कुरा स्वीकार पनि गरेका छन् कि मेडिटेसन गर्ने महिलाहरूले सामान्य महिलाको तुलनामा अत्यधिक उत्तेजना, आर्गेज्म, ल्यूब्रिकेसन र यौन आनन्द प्राप्त भयो । यस अध्ययनको खास कुरा त शोधकर्ताहरूले पुरुष वर्गलाई पनि नजरअन्दाज गरेका थिएनन् । उनीहरूसँग जुन खालको डाटा क्लिनिकल एक्सपेरियन्स छ, त्यसमा पुरुषले पनि सोही जानकारी दिएका थिए ।

यो अध्ययनमा धेरै गहन कुराको खोजी भने गरिएको छैन । उदाहरणको लागि यसले आफ्नो यौन जीवनको सुधारका लागि महिलाहरूले कति समय ध्यान गर्नुपरेको थियो ? भन्ने कुरा खुलाएको छैन । यो अध्ययनमा विभिन्न प्रकारको ध्यान भनिएको छ । तर कुन कुन प्रकारको ध्यानले यौन जीवनलाई मद्दत गर्छ ? भन्ने विषयमा पनि केही उल्लेख गरिएको छैन । साथमा यो कुरा पनि उल्लेख गरिएको छैन कि लामो समयसम्म ध्यान गर्दा यौन जीवनलाई कस्तो असर पर्छ ?

त्यसैले यो अध्ययनबाट सबैभन्दा राम्रो परिणाम कस्तो खाले ध्यानबाट प्राप्त हुन्छ ? र लामो समयसम्म ध्यान गर्दा यसले स्वास्थ्यमा असर गर्छ कि गर्दैन भन्ने जानकारी यो अध्ययनबाट मिल्न सकेको छैन ।

यो कुरा पनि सही हो कि अध्ययनले वास्तवमा महिलाहरूको लागि बढी सेक्स लाइफ र मेडिटेसनको बीचमा एक स्पष्ट सम्बन्ध देखाउँदैन । यसको मतलब यस अध्ययनबाट स्पष्टसँग यौन सन्तुष्टि अत्यधिक प्राप्त गर्ने व्यक्तिले धेरै ध्यान गर्ने र कम सन्तुष्टि प्राप्त गर्नेले कम ध्यान प्राप्त गर्ने गरेका थिए ? भन्ने कुरालाई पनि यसले उल्लेख गरेको छैन ।

मेडिटेसनको बारेमा यो कल्पना गर्नु पनि सहज हो कि यसबाट दिमागलाई फोकस गर्न मद्दत गर्छ । धेरै कमी कमजोरीका बीच महिलाहरूले यौन सन्तुष्टिको लागि ध्यान गर्नु फाइदाजनक छ भन्ने कुरालाई भने यो अध्ययनले पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment