Comments Add Comment

अनुगमनका क्रममा बरामद प्याज किलोको ६० रुपैयाँमै बिक्री गरिने

७ असोज, काठमाडौं । अनुगमनको क्रममा काठमाडौंस्थित कालीमाटी र बल्खु तरकारी बजारबाट बरामद गरिएको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारबाट बिक्री गर्ने भएको छ ।

बरामद गरिएको करिब १२० क्विन्टल प्याज सुपथ मूल्यमा बिक्री गर्ने तयारी अन्तिम अवस्थामा पुगेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुबेदीले अनलाइनखबरलाई जानकारी दिइन् ।

मंगलबार साँझ वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको संयुक्त बैठकले जफत गरिएको प्याज बिक्री गर्ने निर्णय गरेको थियो । बुधबारबाटै प्याजको बिक्री थाल्ने भनिए पनि मुचुल्का उठाउने र प्याजको जोख्ने कार्य नसकिएका कारण बिहीबारबाट मात्रै प्याज बिक्री सुरु गरिने सूचना अधिकारी सुबेदीले बताइन् ।

व्यापार कम्पनीकोे केन्द्रीय बिक्री केन्द्र थापाथलीबाट प्रतिकिलो ६० रुपैयँमा प्याज बिक्री गरिने कम्पनीले जनाएको छ । एकजना ग्राहकले एक पटकमा तीन किलोसम्म मात्रै प्याज किन्न पाउने छन् । बिक्री मूल्यको ५२ रुपैयाँ सरकारको राजश्व खातामा जाने र ८ रुपैयाँ प्रतिकिलो भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी तथा अन्य खर्चवापत राख्ने कम्पाीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment