Comments Add Comment

स्वास्थ्य र सुरक्षाकर्मीसहित कर्णालीमा थपिए ४८ जना कोरोना संक्रमित

७ असोज, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित थप ४८ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा बुधबार ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतका मात्रै ३० जना रहेका छन् । जसमा आठजना स्वास्थ्यकर्मी, सातजना नेपाल प्रहरी, दुईजना नेपाल आर्मी, चारजना विद्यार्थी, पत्रकार, डाक्टर र बैंकका कर्मचारी एक/एकजना रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

त्यस्तै संक्रमितको जिल्लागत विवरण अनुसार सुर्खेतका ३१ जना, दैलेखका तीनजना, जाजरकोटका दुईजना, रुकुम पश्चिम, जुम्ला र हुम्लाका एक/एकजना र अन्य प्रदेशका नौंजना रहेको महाशाखाले जनाएको छ ।

योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३२७६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार बुधबार प्रदेशमा थप १७ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २७३१ पुगेको छ ।

प्रदेशभर हालसम्मा ५३९ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment