Comments Add Comment

दोब्बर बनाइएको गाडी भाडा खारेज गर्न विद्यार्थी संगठनको माग

७ असोज, काठमाडौं । संयुक्त विद्यार्थी संगठनहरुले गाडी भाडा बढाउने निर्णय खारेज गर्न माग गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनेरास्ववियुसहित १३ विद्यार्थीहरुले बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई मागपत्र बुझाउँदै बढाइएको ५० प्रतिशत भाडा घटाउन माग गरेका हुन् ।

निषेधाज्ञा खुकुलो बनाउने क्रममा सरकारले सिट क्षमताभन्दा आधा व्यक्ति राखेर दोब्बर भाडा लिने गरी सवारीसाधन खुलाएको थियो ।

हजाइ जहाजमा पूरै सिट क्षमतामा यात्रु राख्न दिने तर बसमा राख्न नदिइ भाडा बढाइनु उपयुक्त नभएको भन्दै संयुक्त विद्यार्थीले ७ दिनभित्र निर्णय खारेज गर्न माग गरेको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

अहिले विद्यालय र विश्वविद्यालय सञ्चालनको तयारी भइरहेको र विद्यार्थीहरु यसरी दोब्बर भाडा तिरेर विद्यालयसम्म जान नसक्ने भन्दै विद्यार्थीहरुका लागि यसअघि दिइँदै आएको ४५ प्रतिशत भाडा सहुलियत हुनु पर्ने बताए ।

माग पत्र बुझ्दै मन्त्री नेम्वाङले कोरोना महामारीको कारण यसरी सवारीसाधन सञ्चालन गर्नु पर्ने अवस्था आएको भन्दै केही समयपछि नियमितको जस्तै भाडादर कायम गर्ने बताएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment