Comments Add Comment

बागमती सरकारले रोजगारी सिर्जना गर्न ३ अर्ब सहुलियत ऋण दिने

७ हेटौंडा, असोज । बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी गर्ने कार्यविधि पारित गरेको छ ।

कार्यविधिअनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ऋण लगानी गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुगेलले जानकारी दिए ।

त्यसका लागि प्रदेश सरकारले ३ अर्ब रुपैयाँ छुट्याएको छ । कृषि विकास बैंकमार्फत हुने लगानीले देशमा रोजगार र ब्यवसाय बढ्ने सरकारले अपेक्षा गरेको छ ।

लगानी पश्चात सरकारले बेरोजगार युवा जनशक्तिलाई रोजगारीमा आवद्ध गर्ने, फोहरमैला व्यवस्थापन गर्ने, महिला तथा दलित समुदायको उद्यमशीलतालाई प्रवर्द्धन गर्ने, उत्पादनशील कार्यक्रमको लागि लगानी प्रवद्र्धन गर्ने, कोरोना भाइरसबाट प्रभावित कृषि, पर्यटन एवं रोजगारीमूलक घरेलु तथा लघु उद्योग व्यवसायीलाई पुनर्उत्थान गरिने मन्त्री ढुङगेलले बताए ।

प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्बन्धी, उद्योग व्यवसाय, पर्यटन प्रवर्द्धन, व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापनतर्फ ऋण लगानी गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment