Comments Add Comment

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ११७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

काठमाडौं, ललितपुर र बर्दियाका २/२ जना तथा सिराहा र झापाका एकएक जनाको मृत्यु भएको हो । यससँगै कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ । उनीहरुमध्ये ४३७ जनाको मृत्यु भएको छ भने ४९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् ।

  • काठमाडौंका १६ वर्षीय पुरुषको मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित उनी २५ भदौमा अस्पताल भर्ना भएका थिए र कोरोना संक्रमण भएको २६ भदौमा पुष्टि भएको थियो ।
  • काठमाडौंकी ६८ वर्षीया महिलाको मंगलबार त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । नाभीको हर्नियाबाट ग्रसित उनी २९ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
  • ललितपुरका ८० वर्षीय पुरुषको मंगलबार मेघा अस्पतालमा मृत्यु भएको छ । उनी भदौ ६ गते अस्पताल भर्ना भएका थिए ।
  • ललितपुर महानगरपालिका-१७, ललितपुरका ७४ वर्षीय पुरुषको बुधबार अल्का अस्पतालमा मृत्यु भएको छ । हृदयघात तथा कोभिड इनसेफ्लाइटिसको समस्या भएर भदौ १६ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २६ गते पुष्टि भएको थियो । उनी कलेजो र पेटमा पानी जम्ने रोगबाट पनि पीडित थिए ।
  • बारबर्दिया नगरपालिका-३, बर्दियाका ३९ वर्षीय पुरुषको बुधबार भेरी अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ३० गते पुष्टि भएको थियो ।
  • ठाकुरबाबा नगरपालिका-७, बर्दियाका ६४ वर्षीय पुरुषको मंगलबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि असोज ४ गते अस्पताल भर्ना भएका थिए ।
  • औरही गाउँपालिका-३, सिराहाका ५० वर्षीय पुरुषको मंगलबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मस्तिष्क घातका साथै टाउको दुख्ने, उल्टी आउने जस्ता समस्या देखिएपछि न्युरो अस्पताल, विराटनगरमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको थियो । लगत्तै धरान रिफर भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
  • भद्रपुर नगरपालिका-१०, झापाका ८६ वर्षीय पुरुषको बुधबार मोरङको विराट मेडिकल कलेजमा मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । ज्वरो आएको र श्वासप्रश्वासमा समस्या भएका उनमा जटिल खालको निमोनिया देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment