Comments Add Comment

न्युजिल्याण्डमा हट्यो मास्क लगाउनुपर्ने नियम

८ असोज, काठमाडौं । न्युजिल्याण्डले सार्वजनिक स्थलमा अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम हटाएको छ । पछिल्लो समय न्युजिल्याण्डमा कोरोना संक्रमण घटेसँगै न्युजिलयाण्डले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने नियम हटाएको हो । बुधबार मध्यरातिदेखि अब अकल्याण्डबाहेकका मानिसले अनिवार्यरुपमा मास्क लगाउनु जरुरी नहुने बताइएको छ । अकल्याण्डबाहेकका क्षेत्रमा सोमबार नै सबै महामारीको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

कोरोनाको महामारी नियन्त्रणका लागि न्युजिल्याण्डले चालेको कदमको विश्वभर नै प्रशंसा भएको छ । यसअघि गत जुन महिनामा न्युजिल्याण्डले सबै प्रतिबन्ध हटाउँदै जनजीवन सामान्य बनाउने निर्णय गरेको थियो । तर, गत अगष्ट महिनामा पुनः कोरोना संक्रमित देखिन थालेका थिए । पुनः संक्रमण देखिएसँगै त्यसलाई नियन्त्रण गर्न सरकारले पुनः लकडाउनको निर्णय गरेको थियो । अहिलेसम्म न्युजिल्याण्डमा कोरोना भाइरसका एक हजार ४६८ संक्रमित फेला परेका छन् भने २५ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment