+
+
Shares

राप्रपाद्वारा अन्तरिम विधानमा सुझाव दिन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १५:०५

८ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको अन्तरिम विधानमा सुझाव दिन सात सदस्यीय समिति गठन गरेको छ ।

पार्टी एकताको आधारपत्रमा उल्लेख गरिएका विषयहरु कार्यान्वयनका लागि १५ दिनभित्र विधान मस्यौदा प्रतिवेदन तयार गरी पेश गर्ने जिम्मेवारीसहित निरञ्जन थापाको संयोजकत्वमा समिति गठन गरिएको राप्रपाका केन्द्रीय सचिवालय प्रमुख ध्रुबबहादुर प्रधानले जानकारी दिए ।

समितिको सदस्यहरुमा भरतजंग उप्रेती, श्यामबहादुर शाही, भक्तिप्रसाद सिटौला, राजु बस्नेत, चन्द्र काफ्ले र रामशरण पाठक रहेका छन् ।

राप्रपाले आगामी वैशाख २५–२८ गते एकता महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?