+
+
Shares

हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका दुई सडकखण्ड पहिरोले अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १५:४३
फाइल तस्वीर

८ असोज, हेटौंडा । अविरल वर्षाका कारण पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीका दुई वटा सडकखण्ड अवरुद्ध भएका छन् ।

हेटौंडा काठमाडौं जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत भिमफेदी—कुलेखानी सडकखण्ड र त्रिभुवन राजपथ खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

भिमफेदी—कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका-२ देउराली र त्रिभूवन राजपथको भिमफेदी गाउँपालिका-९ दन्दुभञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा दुवै सडकखण्ड भएर चल्ने सवारी साधनहरु बीच सडकमै अलपत्र परेका छन् । वर्षा नरोकिएका कारण दुवै सडकखण्डमा खसेकाे पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।

यस्तै कान्तीलोकपथमा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?