+
+
Shares

धादिङका प्रहरी प्रमुख फेरिए

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ८ गते १९:१०

८ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले धादिङका प्रहरी प्रमुख परिवर्तन गरेको छ । कमजोर कार्यसम्पादनलाई कारण देखाउँदै एसपी रवीन्द्र रेग्मीलाई काठमाडौंमा तानिएको हो ।

रेग्मीको ठाउँमा सम्पत्ति शुद्धिकरण विभागमा कार्यरत एसपी महेन्द्र खड्का पठाइएका छन् । खड्काको ठाउँमा रेग्मीले जिम्मेवारी सम्हाल्ने गरी बिहीबार काज सरुवा गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

आईजीपी शैलेश थापा क्षेत्रीले आर्थिकरुपमा प्रश्न उठेका र कार्यसम्पादनमा कमजोर देखिएका थप केही जिल्लाका प्रमुख समेत फेर्न तयारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?