Comments Add Comment

बाढीले बगाउँदा बेपत्ता भएका विद्युतका कर्मचारीको शव भेटियो

९ असोज, बुटवल । कपिलवस्तुको कोइली नदीमा तीन दिनअघि बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला परेको छ । विद्युत प्राधिकरणको बाणगंगा जितपुर शाखाका इन्चार्ज कृष्णप्रसाद पौडेलको शव शुक्रबार कपिलवस्तु नगरपालिका-६ सक्रहवामा फेला परेको हो । पौडेल विद्युत कार्यालय बाणगंगा–जितपुर फिडर शाखाका प्रमुख थिए ।

विद्युत प्राधिकरणकै कर्मचारीले उनको शव फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए । मृत भेटिएका पौडेलको शवलाई परिवारको जिम्मा लगाइको कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।

पौडेलसँगै नदीमा बेपत्ता तीन जना मध्ये जिपचालक गुल्मीका माधवप्रसाद पाण्डेको बुधबार साँझ र अर्घाखाँचीका केशव भाट क्षेत्रीको बिहीबार शव भेटिएको थियो ।

कपिलवस्तुको भलबाडमा विद्युत लाइन मर्मत गरेर बनगाई फर्किने क्रममा कोइली नदीको कजवे पार गर्ने क्रममा बुधबार बाढीले जिप बगाएको थियो । जिपमा सवार ६ जनामध्ये तीनजनाले हाम्फालेर ज्यान जोगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment