+
+
Shares

आइसोलेसनको फोहोर व्यवस्थापन तत्काल गर्न नारायणकाजीको निर्देशन 

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ९ गते २०:१६

९ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंस्थित रानीवनमा रहेको आइसोलेसन सेन्टरको ढल र फोहोरको उचित व्यवस्थापन गर्न सरोकारवाला पक्षलाई निर्देशन दिएका छन् ।

नागार्जुन नगरपालिकास्थित रानीवनमा रहेको आइसोलेसन सेन्टरको ढल र फोहोरको उचित व्ययवस्थापन नहुँदा आफूहरु समस्या परेको गुनासो स्थानीयले नेता श्रेष्ठ समक्ष राखेका थिए ।

नेता श्रेष्ठले सहरी विकासका महानिर्देशक मणिराज गेलाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिंह, सर्वाङ्ग हस्पिटलका प्रमुख शुशिलबाबु खनाललाई आइसोलेसन सेन्टरबाट निस्कने फोहोरको उचित व्यवस्थापनमा तत्काल लाग्न निर्देशन दिएका हुन् ।

उक्त आइसोलेसन सेन्टरको व्यवस्थापन कुपण्डोलस्थित सर्वाङ्ग हस्पिटलले गर्दै आइरहेको छ । आइसोलेसनबाट निस्कने फोहोर र ढलको उचित व्यवस्थापन नहुँदा नजिकका बस्तीमा असर परेको स्थानीयको गुनासो थियो ।

५ सय ८० बेडको रानीवन आइसोलेसन सेन्टरमा हाल ३५८ जना कोरोना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?