+
+
Shares

प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १० गते १६:२५

१० असोज, काठमाडौं । प्रधानमन्त्रीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले पीसीआर टेष्टका लागि स्वाब दिएकी थिइन् । शनिबार पोजेटिभ रिपोर्ट आएको र होम आइसोलेसनमा बसेको उनले बताइन् ।

शाहका अनुसार उनले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छैनन् । तीन दिन अघि डा. गोविन्द केसीलाई भेटेको तर सामाजिक दुरी लगायतका जनस्वास्थ्यका मापदण्डहरु पालना गरेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?