Comments Add Comment

ह्याप्पी बर्थ डे निरुता

नायिका निरुता सिंहले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । सन् १९७२ सेप्टेम्बर २६ मा उनको जन्म भारतको दार्जिलिङ्गमा भएको हो । चलचित्र ‘दक्षिणा’बाट निरुताले चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् ।

नायिका निरुता सिंहको क्रेज एक दशक अघिसम्म चलचित्र क्षेत्रमा अत्याधिक थियो । निरुताले आफ्नो यूगमा नायकसरह पारिश्रमिक लिने गर्थिन् । नायिकाको नामबाट पनि चलचित्र चल्छ भन्ने एक उदाहरण थिइन् निरुता ।

उनले अभिनय गरेको ‘दर्पण छाया’ सर्वाधिक सफल मानिन्छ । उनले अभिनय गरेका ‘बन्धकी, दुई किनारा, आफन्त, माइली, ठूल्दाई, अजम्बरी नाता, नाता रगतको’ सुपरहिट भए ।

चलचित्र क्षेत्रमा क्रेज कमजोर बन्दै गएपछि निरुता मुम्बई पुगेकी थिइन् । करिब ८ बर्षपछि उनले चलचित्र ‘नाई नभन्नु ल ५’मा केमियो भूमिका निर्वाहा गर्दै कमब्याक गरिन् । चलचित्र ‘दाल भात तरकारी’मा भने उनले मुख्य नायिकाको रुपमा काम गरिन् । तर, यो चलचित्रमा निरुताले गरेको कामलाई दर्शकले रुचाएनन् । निरुताले चलचित्र ‘क्याप्टेन’मा समावेश ‘कर्ली कर्ली’ बोलको गीतमा पनि नृत्य गरेकी छिन् ।

आज आफ्नो ४८ औं जन्मदिन मनाइरहेकी यी नायिकालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment