Comments Add Comment

लकडाउनका बीच प्रधानमन्त्रीको राजीनामा माग्दै इजरायलमा हजारौंको प्रदर्शन

११ असोज, काठमाडौं । इजरायलमा कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको कडा लकडाउनको बीच शनिबार राति प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजीनामा माग गर्दै हजारौंले प्रदर्शन गरेका छन् । शनिबार राति प्रदर्शनकारीहरुले नेतान्याहूको निवास अगाडि नै प्रदर्शन गरेका हुन् ।

कोरोनाको महामारी बढेसँगै गत शुक्रबारदेखि इजरायलमा धेरै व्यवसायहरु बन्द छन् । ठूलो संख्यामा मानिसहरुलाई भेला हुन रोक लगाइएको छ भने सबैलाई घरमा नै बस्न सुझाइएको छ । तर, इजरायलले संसद्ले भने विरोध गर्ने अधिकार खोस्न नपाइने निष्कर्ष निकालेको थियो ।

इजरायलका प्रधानमन्त्रीले यस किसिमको प्रदर्शनले सार्वजनिक सुरक्षामा जोखिम उत्पन्न हुने बताएका थिए । तर, विपक्षीहरुले भने प्रधानमन्त्रीले स्वास्थ्य संकटलाई हतियार बनाउँदै धेरै सातादेखि आफूविरुद्ध हुँदै आएको प्रदर्शन रोक्न खोजेको आरोप लगाएका छन् ।

प्रदर्शनकारीहरुले नेतान्याहूमाथि भ्रष्टाचारको मुद्दा चलिरहेको र कोरोनाको महामारी नियन्त्रणमा पनि उनको भूमिका कमजोर देखिएको कारण उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । यसरी प्रदर्शनमा उत्रिनेहरुमा अधिकांश मानिसहरु युवा र शिक्षित वर्ग रहेका छन् ।

यसअघि गत साता नेतान्याहूले पछिल्लो केही महिनामा इजरायलले कोरोना नियन्त्रणको क्रममा गल्ती गरेको भए पनि महामारी नियन्त्रणको सामाजिक गतिविधिमा कडा किसिमको प्रतिबन्ध लगाउनुको विकल्प नरहेको बताएका थिए ।

स्रोत :एपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment