Comments Add Comment

साढे १० किलो अफिमसहित तीन जना पक्राउ

११ असोज, काठमाडौं । रुकुमबाट ल्याइएको १० किलो ५ सय ग्राम अफिमसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१ का ५० वर्षीय गज पुन, ४० वर्षीय चक्करबहादुर पुन र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ का २४ वर्षीय रवि गुरुङ छन् ।

लागूऔषध नियन्त्रणमा ब्युरो, कोटेश्वर र पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा–६, स्कुलमार्गबाट पक्राउ गरेको हो । थप कानुनी कारबाहीका लागि पक्राउ परेका व्यक्ति र बरामद लागूऔषधलाई जिल्ला प्रहरी कार्यालय, कास्की बुझाइएको छ ।

पक्राउ परेका गज लामो समयदेखि अफिम कारोबारमा सक्रिय व्यक्ति भएको खुलेको ब्युरोका एसपी कृष्णकुमार महतले अनलाइनखबरलाई बताए । अफिम भारतमा लगेर प्रशोधन गरेर ब्राउन सुगर बनाउने गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment