+
+
Shares

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु       

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ११ गते १८:१८

११ असोज, का ठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका-७ बहानन्देस्थित सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन्द्र ओख्राबु लिम्बु रहेका छन् ।

सडकमा हिँडिरहेको समयमा लिम्बुलाई ना.६ त ३००० नम्बरको ट्याक्टरले आइतबार बिहान ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?