+
+
Shares

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १२:२५

१२, असोज, चितवन । चितवनमा बाघको आक्रमणबाट सोमबार एकजनाको मृत्यु भएको छ ।चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार पूर्वी चितवनको रत्ननगर नगरपालिका-६ का ५५ वर्षीय बबना चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा हात्ती चराउँदै घाँस काट्ने क्रममा चौधरीलाई बाघले आक्रमण गरेको उनले बताए । जरायो मारेर शिकार गरिरहेको अवस्थामा घाँस काट्दै उनी त्यहाँ पुगेपछि बाघले एक्कासी आक्रमण गरेको रामको भनाइ छ ।

यसअघि गत शनिबार पश्चिम चितवनमा पनि बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको थियो । आक्रमणपछि शव समेत नछाडेपछि डार्ट गरेर आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको थियो । उक्त बाघलाई निकुञ्जको कार्यालय कसरामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?