+
+

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १० गते १३:०९
फाइल फोटो

१० असोज, चितवन । चितवनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।

वनमा घाँस काट्न गएका भरतपुर महानगरपालिका– १३ का ६३ वर्षीय जन्हु महतोको बाघको आक्रमणबाट शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका चौधरीलाई बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको थियो ।

अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

इलाका प्रहरी कार्यालय गीतानगर र स्थानीय सो स्थानमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?