+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सेनिटाइजरमा विषाक्त रसायन भेटिएपछि नौ उद्योगका उत्पादनमा प्रतिबन्ध   

रासस रासस
२०७७ असोज १२ गते १३:४१

१२ असोज, काठमाडौँ । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड सेनिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ ।

विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड सेनिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसायन मिथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको हो ।

भारतीय कम्पनी सिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रबमा ६२ प्रतिशत मिथानेल, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रिज पर्साको रिप्याक गरिएका कुम ह्याण्ड सेनिटाइजर र क्लिन ह्याण्ड सेनिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाका कुमकुम इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर र इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेका पाइएको जनाइएको छ ।

यसैगरी ओम आरोग्य हेल्थकेयर प्रालि इमाडोल ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर, साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर र कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजका ड्रोन ह्याण्ड सेनिटाइजर (पहेंँलो रङ्गको) र रङ्गबिनाका दुई सेनिटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रतिबन्ध गरिएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्री वितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ । यसअघि विभागले गुणस्तरहीन भएको भन्दै भारत, चीन तथा नेपाली उद्योगले उत्पादन गरेका नौ वटा सेनिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?