+
+
Shares

जोरविजोर प्रणाली छल्न नक्कली नम्बर प्लेटको प्रयोग, एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १४:१७

१२ असोज, काठमाडौं । उपत्यकामा प्रशासनले निषेधाज्ञा अन्त्य भएको घोषणा गरे पनि जोरविजोर प्रणाली जारी छ । यस्तो अवस्थामा एकजना व्यवसायीले सवारीसाधनमा नक्कली नम्बर प्लेट लगाएर दुवै दिन गाडी कुदाउने गरेको भेटिएको छ ।

महानगरीय प्रहरी वृत्त, कालिमाटीले विशेष सूचनाका आधारमा यो कार्यमा संलग्न सुरेन्द्रकुमार अग्रवाललाई पक्राउ गरेको छ । उनी बैशाली प्रोडक्सन र खोली इम्पोरियमसँग आबद्ध छन् ।

कालिमाटीका डीएसपी अपिलराज बोहोराका अनुसार उनले बा ११ च ६६५० र बा ७ च ४४५४ नम्बरको दुई वटा गाडीमा क्रमशः बा ११ च ६५५७ र बा ७ च ४४५५ नम्बरको नक्कली प्लेट लगाएर कुदाउने गरेका थिए ।

सुरेन्द्रकुमार अग्रवाल

‘गते अनुसार प्लेट परिवर्तन गर्दै गाडी कुदाउने गरेको पाइएपछि नियन्त्रणमा लिएका हौं’, बोहोराले भने, ‘दुवै गाडी वर्ल्ड ट्रेड सेन्टर र चाइना टाउनको पार्किङ क्षेत्रबाट बरामद भएको हो ।’ पक्राउ परेका अग्रवाललाई यातायात व्यवस्था ऐनअनुसार कारबाही हुने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?