Comments Add Comment

कञ्चनपुरमा भरुवा बन्दुकसहित दुई पक्राउ

१२ असोज, महेन्द्रनगर । प्रहरीले कञ्चनपुरको कृष्णपुर–१, दोमिल्लाबाट एउटा भरुवा बन्दुकसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय लालबहादुर विष्ट र कमल थापा छन् ।

दुई दिनअघि गाउँमा भरुवा बन्दुक देखाएर आतंक सिर्जना गरेको भन्ने सूचना प्राप्त भएपछि गरिएको खोजतलासका क्रममा उनीहरुलाई पक्राउ गरिएको कञ्चनपुरका डीएसपी अमर बहादुर थापाले अनलाइनखबरलाई बताए ।

थापाका अनुसार विष्टलाई पक्राउ गरेर सोधपुछ गर्दा थापाको गोठभित्र बन्दुक लुकाएको भन्ने खुलेको थियो । त्यसक्रममा एउटा भरुवा बन्दुक लोड गरेको अवस्थामा बरामद गरिएको थापाले बताए ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment