Comments Add Comment

ऋचा र प्रमोदको ‘छाती चिरेर’

गायक प्रमोद खरेलको आवाजमा समावेश थुप्रै गीतहरु चर्चामा छन् । धेरै गीतले उनलाई स्टेज तताउन मद्दत पनि मद्दत पनि गरिरहेका छन् । नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक प्रमोद खरेलले सार्वजनिक गरेको ‘छाती चिरेर’ बोलको गीत भने उनका अघिल्ला गीतहरु भन्दा विल्कुल फरक छ ।

हरि लम्सालको संगीत, प्रमोदकै शब्द रहेको यो गीतले मायाको तिर्सना बोलेको छ । गीतका शब्दमा प्रेम, वियोग, प्राप्त रचिएका छन् । गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट छ । निर्देशक दिपक प्रसाद आचार्यको उत्कृष्ट निर्देशनमा यो भिडियो पर्छ । भिडियोमा गायक प्रमोद खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन् ।

प्रेम गर्नका लागि मान्छेको भौतिक शरीर रहनु र नरहनुले खासै फरक पार्दैन भन्ने भाव भिडियोमा छ । भिडियोमा प्रयोग गरिएका केही दृश्यको अरु दृश्यसँगको कनेक्शन उत्कृष्ट छ । चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायांकन रहेको गीतको भिडियो उत्कृष्ट छ । भिडियोको क्लाइमेक्सले दर्शकलाई सरप्राइजमा राखेको छ ।

‘छाती चिरेर’ गायक प्रमोद खरेल र निर्देशक दिपक आचार्यको उत्कृष्ट काम हो भन्दा फरक नपर्ला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment