+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

कर्मचारीमा कोरोना देखिएपछि लेकबेसी नगरपालिका बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते १३:४२

१३ असोज, सुर्खेत । कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएपछि सुर्खेतको लेकवेशी नगरपालिकाको सेवा बन्द गरिएको छ ।

नगरपालिकामा कार्यरत पाँचजना कर्मचारी र एकजना जनप्रतिनिधिमा संक्रमण पुष्टि भएपछि नगरपालिका एक साताका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेलले जानकारी दिए ।

उनका अनुसार नगरपालिका र वडा कार्यालयहरुका सबै सेवा बन्द गरिएको छ । अत्यावश्यक बाहेक अन्य सबै सेवा असोज १३ गतेदेखि १९ गतेसम्मका लागि बन्द गरिएको हो ।

नगरपालिका क्षेत्रमा सञ्चालन भएका विद्यालयहरु पनि बन्द गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत खरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?