Comments Add Comment

कर्णालीमा थपिए ५२ जना कोरोना संक्रमित, ६३ जना डिस्चार्ज

१३ असोज, सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णालीमा थप ५२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र नेपालगञ्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मंगलबार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै ३४ जना छन् । जसमा सात जना सुरक्षाकर्मी, चार जना कर्मचारी तथा दुई/दुई जना स्वास्थ्यकर्मी, सञ्चारकर्मी र विद्यार्थी रहेको सामाजिक विकास मन्त्रालय स्वास्थ्यसेवा महाशाखाले जनाएको छ ।

त्यस्तै कालिकोटका चार जना, दैलेखका तीन जना, जुम्ला र हुम्लाका दुई/दुईजना, डोल्पा र जाजरकोटका एक/एकजना र अन्य प्रदेशका चार जना रहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ३ हजार ४९४ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार मंगलबार प्रदेशमा थप ६३ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २९०५ पुगेको छ ।

प्रदेशभर हालसम्मा ४५६ जना कोरोनाका सक्रिय संक्रमित रहेको कँडेलले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment