+
+
Shares

बैंकहरू स्वतस्फुर्त मर्जरमा जानुपर्छ : गभर्नर

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते १७:५८

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका अध्यक्षहरुलाई स्वतस्फूर्त रुपमा मर्जरमा जान सुझाव दिएका छन् । मंगलबार बालुवाटार बोलाएर गभर्नर अधिकारीले मर्जरका लागि आफूले दवाव नदिने र स्वतस्फुर्त रुपमा मर्जरमा जान सुझाएका हुन् ।

अहिले कोरोनाको महामारी रहेको र पहिलो प्राथमिकता महामारीमा कसरी बच्ने भन्ने तर्फ नै ध्यान दिनु पर्ने गभर्नरको भनाई थियो ।

‘अन्य धेरै कुरा केही भएको छैन, समयसामायिक विषयमा नै छलफल भएको हो’ बैठकपछि अनलाइनखबरसँग कुरा गर्दै गभर्नर अधिकारीले भने, ‘छलफलका क्रममा मर्जरको विषय पनि उठान भयो, मैले स्वतस्फुर्त मर्जर जानुस् भनेको छु ।’

बैंकका अध्यक्षहरुले पनि नयाँ कुरा खासै नआएको गभर्नर अधिकारीले बताए । छलफलमा अहिले कोभिडको संक्रमण रहेको भन्दै यसबाट बच्नतर्फ नै सबैले ध्यान दिनुपर्ने बताए । मर्जरका लागि आफूले दवाव नदिने भन्दै उनले स्वतस्फुर्त रुपमा मर्जरमा जान सुझाव दिए ।

मर्जरमा जादा वा अन्य काम गर्दा छाटो अवधिको फाइदा नभई दीर्घकालीन फाइदा हेरेर निर्णय गर्नु पर्ने गभर्नर अधिकारीको सुझाव दियो । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा महत्वपूर्ण कुरा सुशासन भएको भन्दै यसतर्फ पनि ध्यान दिन गभर्नर अधिकारीले बैंकका अध्यक्षहरुलाई भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?