+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

विरोधपछि विराटनगरमा कक्षा ११ को परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १३ गते १८:२७

१३ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । विद्यार्थी र अभिभावकबाट विरोध भएपछि महानगरपालिकाले परीक्षा तत्कालका लागि स्थगित गरेको हो ।

महानगरपालिकाले असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि परीक्षा तालिका सार्वजनिक गरेको थियो । दशैको मुखमा अभिभावकबाट शुल्क असुल्न खोजेको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध जनाएका थिए ।

कोरोना संक्रमण जोखिम उच्च भएकाले तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको विराटनगर महानगरपालिका शैक्षिक महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । ‘चारवटा विद्यालयमा कोरोना देखिएपछि तत्कालका लागि स्थगित भएको छ’ उनले भने ‘अब परीक्षा स्कुलले अनुकुल समयमा गर्नेछन् ।’

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने गरी निर्देशिका जारी गरेको छ । कक्षा ११ को परीक्षाका लागि विद्यालयहरुले महानगरपालिकालाई समन्वय गरिदिन आग्रह गरेपछि महानगरले एकरुपताका लागि समन्वय गरिदिएको बताउँदै उनले अब विद्यालय अनुकुल समयमा सञ्चालन गर्ने बताए ।

विराटनगरमा कक्षा ११–१२ पढाइ हुने ३७ वटा विद्यालय छन् । जसमा २६ वटा निजी स्तरका हुन् । ती विद्यायलमा प्रदेश १ र २ का करिब ८ हजार विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?