+
+
Shares

कोरोना महामारीका बेला लेखा परीक्षणसम्बन्धी नयाँ निर्देशिका जारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते १०:०३

१४ असोज, काठमाडौं । लेखा परीक्षणमान बोर्डले कोरोना महामारीका कारण उत्पन्न असामान्य परिस्थितिलाई दृष्टिगत गरी कम्पनीहरुको लेखा परीक्षण प्रकृयालाई चुस्त राख्न नयाँ निर्देशिका जारी गरेको छ ।

लेखा परीक्षणमान बोर्डले कोरोना लगायत विषम परिस्थितिका बेला कस्ता मापदण्डका आधारमा लेखा परीक्षण गर्ने भनी हालै एक निर्देशिका जारी गरेको हो ।

‘कोरोना महामारीका बेला अडिटरलाई प्रमाण संकलनमा समस्या हुन सक्छ, त्यसैले कस्ता वैकल्पिक विधिहरु अपाउने भन्ने कुरा तय गरिएको छ,’ बोर्डका अध्यक्ष अनुपकुमार श्रेष्ठले भने–‘यो असामान्य परिस्थिति भएका कारण लेखा परीक्षणका दौरान थप सजगता अपनाउनुपर्ने भएकाले विस्तृत निर्देशिका जारी गर्नु परेको हो ।’

नेपाल सरकारद्वारा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अनुसार गठन गरेको लेखा परीक्षणमान बोर्डमा अर्थ मन्त्रालयको प्रतिनिधि, महालेखा परीक्षकको कार्यालयका प्रतिनिधि, चार्टर्ड एकाउन्टेन्ट र रजस्टिर्ड अडिटरहरु बोर्ड सदस्यको रुपमा रहने व्यवस्था छ ।

नयाँ निर्देशिकाको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?