
आइज्याक न्यूटनले गुरुत्वाकर्षणको नियम बताउँदै भनेका थिए, ‘कुनै अज्ञात शक्तिले चीजलाई आफूतर्फ खिच्छ । यो नियम ब्रह्माण्डको प्रत्येक कणमा लागु हुन्छ । हरेक कणले अर्को कणलाई आफूतिर खिच्छ ।’ विज्ञानको दुनियाँमा उनी यस्ता हस्ती हुन् जसले गुरुत्वाकर्षणको नियम र चालको नियम प्रतिपादन गरेका थिए ।
न्यूटन विश्वचर्चित वैज्ञानिक मात्रै नभई एक दार्शनिक पनि थिए ।
–गल्ती कलामा हुँदैन, कलाकारमा हुन्छ ।
– जो माथि जान्छन् उनीहरु तल आउनु स्वभाविक हो ।
– म अरुजस्तै साधारण नै छु तर मेरो प्रयोगले मलाई असाधारण बनाइदिएको छ ।
–हामी मानिसले पर्खाल त धेरै बनायौं तर, पुल पर्याप्त बनाएनौं ।
–म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन ।
–उत्थान पछि विनाश पनि सम्भव छ ।
–यदि मैले मानिसको कुनै पनि सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव हुन सकेको हो ।
–म पनि साधारण नै छु, मेरो सफलताको राज अरु कुनै शक्ति होइन मेरो निरन्तरको प्रयास र कोशिश हो ।
–कुनै पनि खोज साहसिक निर्णय बिना असम्भव छ ।
–एक वस्तु त्यतिखेर सम्म आफ्नो सिधा रेखामा गतिशिल रहन्छ जबसम्म उसमाथि कुनै बाहिरी बल नगर्नुहोस् ।
–प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।
–मेरो लागि सांसरिक सम्मान वा गौरव कहिल्यै पनि विज्ञानको क्षेत्रमा प्रगति भन्दा ठूलो होइन ।
–यदि म अरुको तुलनामा आफूलाई अगाडि पाउँछु भने यस्तो दिग्गजको काँधको सहारामा नै गर्न सकेको हुँ ।
–धैर्य नै प्रतिभा हो ।
–कुनै पनि अन्य सबूतको अनुपस्थितीमा एक्लो औंला मलाई भगवानको अस्तित्वको बारेमा बुझाउनको लागि प्रेरित गर्छ ।
–प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।
–कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।
–म यो संसारको लागि के हुँ म जान्दिन तर, मेरो नजरमा म समुन्द्रको किनारमा चिल्लो पत्थर र सीप खोज्न व्यस्त बच्चा समान हुँ । जबकी मेरो अगाडि सत्यको अबुझ अथाह सागर फैलिएको छ ।
प्रतिक्रिया 4