Comments Add Comment

एरोबिक्स : छरितो र फुर्तिलो शरीरका लागि

त्यसो त व्यायामका अनेक विधी छन्, तौर–तरिका छन् । त्यसमध्ये एक हो, एरोबिक्स । खासगरी तौल कम गर्न र शरीरलाई फुर्तिलो बनाउनका लागि एरोबिक्स उपयुक्त हुन्छ । जिममा गएर कठिन व्यायाम गर्न इच्छा नहुनेका लागि एरोबिक्स एक उत्कृष्ट विकल्प पनि हो । नियमित एरोबिक्सले हृदय रोगसहित अन्य समस्या पनि कम गर्छ ।

एरोबिक्स प्रशिक्षकले संगीतको तालसँगै व्यायाम गर्ने विधी सिकाउँछन् । त्यसो त घरमै बसीबसी पनि एरोबिक्स गर्न सकिन्छ ।

एरोबिक्सको काइदा के भने, हल्का र मनोरञ्जनात्मक ढंगले शरीरको समूचित व्यायाम गर्न सकिन्छ ।

एरोबिक्स अन्य खालका व्यायाम भन्दा सरल छ र एरोबिक्स गर्नको लागि हामीलाई धेरै मेहनत पनि गर्नुपर्दैन ।

एरोबिक्स एक्सरसाइज के हो ?

 हिँड्ने

हिँड्नु पनि एरोबिक्स एक्सरसाइज अन्तर्गत नै पर्छ । यो व्यायामको धेरै नै सजिलो र प्राकृतिक तरीका हो जुन बच्चादेखि बुढासम्म सबैले गर्न सक्छन् । यसमा न त कुनै समयको पाबन्दी हुन्छ न त कुनै उपकरणको आवश्यकता पर्छ ।

नियमित हिँड्ने बानीले हाम्रो शरीरलाई अक्सिजन मात्रै प्रदान गर्दैन । यसबाट हामीले थोरै समयको लागि भए पनि आफ्नो सारा दुःख भुल्छौं र यसको सकरात्मक प्रभाव सीधा हाम्रो स्वास्थ्यमा पर्छ ।

सिँढीहरुको व्यायाम

हिँड्ने बाहेक सिँढी चढ्ने र ओर्लने गर्नाले पनि हाम्रो शरीरलाई धेरै फाइदा मिल्छ । धेरै एथलिटहरु आफ्नो शरीरलाई मजबुत बनाउन र कुनै पनि दौडको लागि आफ्नो शरीर तयार गर्नको लागि यो व्यायामलाई अपनाउँछन् ।

आजभोली धेरै जिममा पनि यस्ता खालको व्यायाम गर्नको लागि उपकरणहरु पाइन्छ । तर, आफ्नो दैनिक जीवनमा पनि यसको प्रयोग सक्नुहुन्छ । जस्तै लिफ्टको प्रयोग नगरिकन सिँढीबाट तल माथि आउन सकिन्छ । यसले हाम्रो शरीरलाई चुस्त बनाउँछ र तागत पनि दिन्छ ।

साइकल चलाउने

यदि साइकल चलाउनु एक बच्चाको खेल हो भनेर सोच्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ ।  विभिन्न प्रकारका खेलाडीले यस खेललाई आफ्नो शरीरको लागि एक व्यायामको रुप दिन्छन् ।

यो एक यस्तो व्यायाम हो जसले हामीलाई रमाइलोसँग शरीरलाई तन्दुरुस्त बनाउँछ र त्यो पनि हाम्रो जोर्नीहरुलाई दुख नदिइकन । हरेक दिनमा आधा घन्टासाइकल चलाउने बानीले हाम्रो खुट्टाको मांसपेसी मजबुत हुन्छ र शरीरलाई एक किसिमको लचिलोपना पनि मिल्छ ।

आजभोली यस्तो व्यायामको लागि जिममा पनि उपकरण राखिएको हुन्छ त्यसैले तपाईं जिमखाना गएर पनि यस व्यायामलाई अपनाउन सक्नुहुन्छ ।

हातको लागि व्यायाम

हातको व्यायामले हाम्रो छातीको मांसपेसीलाई फाइदा हुन्छ । यस्तो व्यायाम गर्नको लागि हामीलाई कुनै पनि किसिमको उपकरणको आवश्यकता हँुदै ।

हातको व्यायाम कसरी गर्ने ?

–सबैभन्दा पहिले तपाईंले एक सैनिकले जस्तै गरि आफ्नो हातलाई दाँया बाँया माथि उठाएर हिँड्नुपर्छ र विस्तारै हिँडाईको गति बढाउनुपर्छ ।

–यो व्यायाम गर्दा घुँडा अलि माथि उठ्नुपर्छ भन्ने कुरामा पनि ध्यान दिनुहोस जसकारणले तपाईंको जाँघ र खुट्टालाई पनि व्यायाम मिलोस् ।

–खुट्टा उठाएपछि एक एक गरेर आफ्नो हातलाई अगाडि पछाडि एक चक्कर घुमाउनुहोस् ।

पानीमा गरिने व्यायाम

पानीमा गरिने व्यायामले पनि हाम्रो शरीरलाई रमाइलोसँग तन्दुरुस्त बनाइदिन्छ । पानीको व्यायामको एक प्रकार पौडिनु पनि हो ।

पौडिनाले हाम्रो शरीरलाई पूर्णरुपमा तन्दुरुस्ती मिल्छ । यस बाहेक पानीमा तिव्र रुपमा हिँडेमा पनि हाम्रो खुट्टा मजबुत हुन्छ ।

जुन मानिसको खुट्टामा रगत अभावको भएको महसुस हुन्छ ती मानिसहरुले यो व्यायाम गरेर लाभ लिन सक्छन् ।

नाच्ने

नाच्नुलाई हामी खुसी भएको अवस्थामा गर्ने रमाइलोको रुपमा लिने गर्छौं तर यसले हाम्रो शरीरलाई व्यायामको रुपमा पनि काम गर्छ ।

दैनिक केही समय नाच्ने बानीले हाम्रो शरीरलाई एक फरक चुस्तपना मिल्छ र यसबाट हाम्रो समस्याहरु टाढा हुन्छन् । यसले हामीलाई खुसी पनि प्रदान गर्छ ।

साथै नाच्दै कुद्ने, घुम्ने, झुक्ने आदी गर्नाले हाम्रो शरीरलाई यसरी नै पूर्ण रुपमा धेरै राम्रो व्यायाम मिल्छ जसले हामीलाई स्वस्थ रहन मद्धत गर्छ ।

यी हुन् एरोबिक्स गर्ने तरिका

लामो समय गरिने कार्डियो र मध्यान्तर अभ्यास गरि एरोबिक्स गर्ने दुई तरिका हुन्छन् ।

लामो समय गरिने कार्डियो

यसमा हामी ती व्यायाम गर्छौं जसलाई हामी लामो समयको लागि एकै रफ्तारमा गर्छौं । जस्तो कि एक घन्टाको लागि एकै रफ्तारमा हिँड्ने ।

यस्तो गर्नाले हाम्रो शरीरबाट क्यालोरी घट्छ । हामी जति धेरै समयसम्म हामी हिँड्छौं त्यति धेरै क्यालोरी घट्छ जसको कारण हाम्रो तौल पनि घट्छ ।

यसका फाइदा

–लामो समयसम्म गरिने कार्डियोको असर र फाइदा हाम्रो शरीरमा थोरै समयमै वा तुरुन्त मिल्छ ।

–यसले हाम्रो क्यालोरी घटाउँछ

–यसबाट हाम्रो शरीरलाई कुनै पनि प्रकारको दुष्प्रभाव महसुस हुँदैन ।

–हाम्रो शरीरको मेटाबोलिक प्रक्रियामा परिवर्तन नजर आँउदैन ।

मध्यान्तर अभ्यास

यस खालको एरोबिक्स अभ्यासमा हामी आफ्नो व्यायाम गर्ने तरिकामा त्यसको तागत र शक्ति लाग्नेको आधारमा एक पछि अर्को गर्छौं ।

यो तौल घटाउने धेरै राम्रो तरीका हो । सुरुवाती मा एरोबिक्स गर्न चाहने मानिसहरुले भन्दा पनि व्यायामको पहिले नै राम्रो अभ्यास भएका मानिसले यो विधि अपनाउँदा राम्रो हुन्छ ।

यसको फाइदाः

–यसले हाम्रो शरीरको क्यालोरीलाई कम गर्छ साथसाथै हाम्रो शरीरलाई धेरै सहनशील पनि बनाउँछ ।

–यसको फाइदा हामीले थोरै समयमा देख्न सक्छौं ।

–यो तौल कम गर्ने पनि एक राम्रो तरिका हो ।

एरोबिक्स व्यायाम अपनाउने मानिसहरुको संख्या बढ्दै गइरहेको छ । यो व्यायाम हाम्रो शरीरलाई तन्दुरुस्त बनाउने एक धेरै नै सजिलो र रमाइलो तरिका हो ।

हरेक उमेरका मानिसले व्यायामका तरिकाको आधारमा एरोबिक्स अभ्यास गर्न सक्छन् । एरोबिक्स अभ्यासले हाम्रो क्यालोरी त कम हुन्छ साथै हाम्रो मुटु पनि मजबुत र स्वस्थ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment