Comments Add Comment

बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न निर्देशन

१४ असोज, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

वुधबार बझाङकी सम्झना कामीलगायत विभिन्न जिल्लामा भएका बलात्कारका घटनाको बारेमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीसँग छलफल गरेपछि समितिले यस्तो निर्देशन दिएको हो ।

‘बलात्कारको घटनामा मेलमिलाप गराउने र त्यसको मध्यस्तकर्ताको भूमिका खेल्ने जो कोहीलाई उक्त घटनाको मतियारको रुपमा कारवाही गर्ने’ समितिले दिएको निर्देशनमा उल्लेख छ ।

बझाङ, सप्तरी, बारा, कैलाली, बर्दिया, धनुषा, कञ्चनपुरलगायतका जिल्लामा भएका बलत्कारका घटनामा संलग्न जो कोहीलाई हदैसम्मको कानुनी सजाय र पीडितलाई न्यायसहितको उचित क्षतिपूर्ति दिने व्यवस्था मिलाउन समितिले सरकारलाई निर्देशन दिएको छ ।

बलत्कारको घटनाको अनुसन्धानमा संलग्न प्रहरीको पनि अनुसन्धान गर्ने व्यवस्था मिलाउन, वलत्कार घटनाको तत्काल परीक्षण गर्न सकिने प्रविधिसहितको उपकरणहरु प्रत्येक जिल्लाहरुमा उपलब्ध हुने व्यवस्था मिलाउन पनि समितिले सरकारलाई भनेको छ ।

हेर्नुहोस् निर्देशन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment