+
+
Shares

खाल्डोमा जमेको पानीमा डुबेर दुई वर्षीय बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १४ गते १८:०८
प्रतिकात्मक तस्वीर ।

१४ असोज, काठमाडौं । महोत्तरीको बर्दिबासमा खाल्डोमा जमेको पानीमा डुबेर २ वर्षीया बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बर्दिबास नगरपालिका-९ पथलैया बजार बस्ने दिनेश महराको २ वर्षीय छोरा आदित्य महराको पानी जमेको खाल्डोमा डुबेर बुधबार बिहान मृत्यु भएको हो ।

खेल्दै जाने क्रममा आफ्नै घर अगाडिको उक्त खाल्डोमा डुबेर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?