Comments Add Comment

नेपाल र जर्मनीबीच सहकार्यका क्षेत्र वृद्धि गर्ने सहमति

१४ असोज, काठमाडौं । नेपाल र जर्मनीबीच दुई पक्षिय सहयोगका क्षेत्रहरु वृद्धि गर्ने सहमति भएको छ । बुधबार नेपाल-जर्मन दुईपक्षिय परामर्श संयन्त्रको दोस्रो भर्जुअल बैठकमा सहकार्यका जारी क्षेत्रहरु र भावी योजनाका विविध विषयहरुमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

बैठकको अध्यक्ष नेपालको तर्फबाट परराष्ट्र सचिव शंकारदास वैरागी र जर्मन विदेश मन्त्रालयका स्टेट सेक्रेटरी माइगुअल वर्गरले संयन्त्रको वैठक अध्यक्षता गरेका थिए ।

बैठकमा जर्मन पक्षले नेपालसँग सहकार्य बढाउने सम्वन्धमा जर्मनले तयार पारेका विभिन्न मोडालिटीहरुको बारेमा जानकारी गराएको मन्त्रालयले जानकारी दिएको छ । ‘दुवै पक्षले निरन्तर अन्तक्रिया र उच्च तहको भ्रमणको आवश्यकतामा जोड दिएका छन् । दुवै पक्षले लगानी र व्यापारजस्ता उत्पादनशील क्षेत्रमा सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

परराष्ट्र सचिव बैरागीले नेपालले लिएको लगानी मैत्री नीतिबारे जानकारी गराउँदै नेपालमा लगानीका अवसरहरु पहिल्याउन आग्रह गरका थिए । जलवायु परिवर्तन र विभिन्न वहुपक्षीय फोरममा सहकार्य गर्ने विषयमा पनि कुराकानी भएको छ ।

केही बर्षयता नेपालमा जर्मनीको चासो निकै बढेर गएको छ । साथै जर्मनीले नेपालसँग उच्च राजनीतिक तहमा सम्बन्ध विस्तार गर्न चाहेको छ । यो दुईपक्षीय संयन्त्र गत बर्ष निर्माण भएको थियो । गत बर्ष जुलाई महिनामा जर्मन विदेश मन्त्रालयका उच्च अधिकारीले नेपालको भ्रमण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment