Comments Add Comment

मोरङमा होम आइसोलेसनमा बसेकी संक्रमितको मृत्यु

मोरङ कारागारका वन्दीको पनि मृत्यु

१५ असोज, विराटनगर । कोरोना भाइरसको संक्रमणपछि होम आइसोलेसनमा बसेकी मोरङ उर्लाबारी नगरपालिका– २ कि ८४ वर्षीया वृद्धाको मृत्यु भएको छ ।

विराट मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार कोरोना पोजेटिभ देखिएपछि वृद्धा होम आइसोलेसनमै बसेकी थिइन् । उनको बिहीबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

बुधबार राति सुनसरी इटहरीका दुई जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।

इटहरीमा होटल व्यवसाय गर्ने इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुष र लागूऔषध मुद्दामा पूर्पक्षका लागि मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको मृत्यु भएको हो ।

५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको १५ मिनेटमै बुधबार राति मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनका अनुसार अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विराट मेडिकल कलेजले रेफर गरेका मृतकलाई राति ९ः३० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु ९ः४५ बजेतिर मृत्यु भएको थियो । मृतकमा स्वास्थ्यसम्बन्धी पुरानो समस्या थिएन । उनलाई बुधबार नै पोजेटिभ देखिएको थियो ।

बुधबार राति नै लागूऔषध मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका मोरङ कारागारमा रहेका २७ वर्षीय युवकको मृत्यु भएको थियो । एक्कासी श्वासप्रश्वासमा समस्या देखिएपछि युवकलाई कोशी अस्पताल ल्याइएको थियो । अस्पतालमा राति करिब साढे ८ बजे मृत्यु भएको हो ।

मृत्यु पछि कोरोना जाँच गर्दा पोजेटिभ रिपोर्ट आएको कोशी अस्पताल विराटनगरका आइसोलेसन प्रमुख डा. लक्ष्मीनारायण यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment