Comments Add Comment

कुमारी बैंकको आकर्षक मार्जिन लेन्डिङ कर्जा योजना

कुमारी बैंक लिमिटेडले नेपाल धितोपत्र विनिमय बजारमा कारोवार हुने शेयर खरिदका लागि सस्तो व्याजदरम ाकुमारी मार्जिन लेन्डिङ योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत शेयर किन्नुअघि कुनै धितो आवश्यक नपर्ने, कर्जा लिई किनिएको शेयर खरिदपश्चात् सोही शेयर धितोमा रहने प्रावधान रहेको छ । साथै, यो कर्जामार्फत शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ब्रोकर मार्फत बैंकमा सम्पर्क गरी कर्जा स्वीकृत गराउन सकिनेछ ।

उक्तकर्जा योजना हाल सम्मकै निकै आकर्षक तथा उपयोगी रहेको बैंकले जनाएको छ । हाल बजारमा प्रवाह हुने शेयर कर्जाहरुमा शेयर खरिद गर्नु अघि नै धितो आवश्यक रहने गरेको छ ।

शेयर बजारमा लगानी गर्न चाहने तर अर्थको अभावले लगानीबाट वञ्चित सर्वसाधारणहरुलाई मध्यनजर गर्दै उक्तकर्जा सुविधा ल्याइएको बैंकले जनाएको छ ।

साथै, कोभिड १९ को यस विषम परिस्थितिमा सीमीत भएको लगानीयोग्य क्षेत्रर सोही परिस्थितिमा आकर्षक बनेको शेयरबजारलाई मध्यनजर गर्दै, उक्त कर्जायोजना ल्याईएकोे हो । ७० वर्षसम्म उमेर पुगेकाले उक्त कर्जा योजनाको लाभ उठाउन सक्ने छन् र उचित परामर्श, न्यूनतम प्रोसेसिङ्ग फी एवं ७२ घण्टामै कर्जा प्रवाहहुने जस्ता आकर्षक सुविधाहरु दिइने बैंकका पधादिकारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment