+
+
Shares

जनकपुरका ६ वर्षीय कोरोना संक्रमित बालकको उपचारका क्रममा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १८:५४

१५ असोज, विराटनगर । कोरोना संक्रमणका कारण ६ वर्षीय बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका- २ टंकिशिनवारीमा रहेको विराट मेडिकल कलेजमा बिहीबार बेलुका ६ वर्षीय बालकको मृत्यु भएको हो ।

मस्तिष्क ज्वरोका कारण सिकिस्त भएका युवकलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको विराट मेडिकल कलेजको आइसोलेसन इञ्चार्ज सनिल देवले जानकारी दिए । उनका अनुसार मृतक बालक जनकपुर उपमहानगरपालिका- २ धनुषाका हुन् ।

बालकमा ८ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ९ असोजमा उनलाई विराटमा भर्ना गरिएको थियो ।

अत्याधिक ज्वरोका कारण उनी असोज पहिलो साता विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा भर्ना गरिएको थियो । विराटनगर अस्पतालमा तीन दिन राखेर उपचार गर्दा कोरोना पोजेटिभ देखिएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा सारिएको थियो ।

उपचारका क्रममा आइसोलेसन चार्ज बाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेको थियो । तर आर्थिक अवस्था कमजोर भएका बालकको उपचारमा लागेको सबै खर्च मिनाहा गरिएको आइसोलेसन इञ्चार्ज देवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?