Comments Add Comment

राष्ट्रसंघका आवासीय प्रतिनिधि भेलरीको कार्यकाल सकियो

१६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय प्रतिनिधि भेलरी जुलियण्डको कार्यकल बुधबार समाप्त भएको छ ।

उनलाई संयुक्त राष्ट्रसंघका महासचिवले इन्डोनेसियाको आवासीय प्रतिनिधिको रुपमा नियुक्त गरेको नेपालस्थित राष्ट्रसंघ कार्यालयले जानकारी दिएको छ ।

उनले नेपाल सरकार र राष्ट्रसंघबिचको सम्बन्ध पारस्परिक सम्मान र सहकार्यमा आधारित भएको बताएकी छन् । उनले राष्ट्रसंघ नेपाल सरकार र नेपाली जनताको एक महत्वपूर्ण साझेदार भएकोसमेत उल्लेख गरेकी छन् ।

उनले आफू सन् २०१५ मा नेपाल आउँदा नेपाल भर्खरै भूकम्पबाट तंग्रिदै पुनर्निर्माण तर्फ अगाडि बढेको र आफूले अहिले नेपाल छाड्दै गर्दा कोरोना भाइरस र यसको आर्थिक सामाजिक प्रभाव सामना गरिरहेको उल्लेख गरेकी छन् । ‘यो संकटबाट उत्रनको लागि राष्ट्रसंघले नेपाल सरकार र नेपाली जनतासँग निरन्तर रुपमा सहकार्य गर्नेछ र यसले लैंगिक मैत्री, बढी समाबेशी र जलवायु मैत्री बिकासको आधारशिला तयार पार्नेछ,’ उनले भनेकी छन् ।

उनी सन् २०१६ को जुलाईमा नेपाल आएकी थिइन् । आफ्नो कार्यकाल अन्त्य भएकोमा ट्वीट गदै उनले भनेकी छन्, ‘मेरो नेपाल कार्यकाल सकिँदै गर्दा मैले मुलुकको संघीयतामा सिफ्ट र १४ हजारभन्दा बढी निर्वाचित महिला प्रतिनिधिको उदय प्रतिबिम्वित गरिरहेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment