Comments Add Comment

च्याम्पियन्स लिग ड्र बार्सिलोना र युभेन्टस एकै समूहमा

१६ असोज, काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको नयाँ सिजन २०२०-२१ मा स्पानिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टस समूह चरणमै भिड्ने भएका छन् ।

यसको अर्थ वर्तमान विश्व फुटबलका दुई ठूला स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोको समूह चरणमा आमने सामने हुनेछन् र यस्तो हुन लागेको यो पहिलो पटक हो ।

गएराति भएको ड्र अनुसार मेसीको कप्तानीमा रहेको बार्सिलोनासँगै युभेन्ट्स समह जी मा रहेको छ । यस समूहमा डिनामो किएभ र फेरेन्साव्रोसी पनि छन् ।

साविक विजेता बायर्न म्युनिख र अर्को स्पानिस क्लब एट्लेटिको मड्रिड भने समूह ए मा परेका छन् ।

उता गत सिजनको उपविजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन भने कठिन समूहमा परेको छ । समूह एचमा पेरिससँगै म्यानचेष्टर युनाइटेड आरबी लाइपजिग र इस्तानबुल बसाकसेइर छन् । बसाकसेइर पहिलो पटक च्याम्पियन्स लिगमा छनोट भएको हो ।

सर्वाधिक १३ पटककको च्याम्पियन्स लिग विजेता रियल मड्रिड युक्रेनको शाख्तार डोनेस्क, इटालीको इन्टर मिलान र जर्मन टोली बोरुसिया मोन्चेनग्लाडबाक समूह बी मा परेका छन् ।

कुन समूहमा कुन टिम ?

समूह ए : बायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, एफसी साल्जबर्ग,लोकोमोटिभ मस्को

समूह बी : रियल मड्रिड, शाख्तार डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेनग्लाडबाक

समूह सी : एफसी पोर्टो, म्यान्चेस्टर सिटी, ओलाम्पियाकोस, मार्से

समूह डी : लिभरपुल, अयाक्स, एटलान्टा, एफसी मिद्त्जील्यान्ड

समूह ई : सेभिया, चेल्सी, क्राज्नोडार, रेन्स

समूह एफ : जेनिथ सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब ब्रुग

समूह जी : युभेन्टस, बार्सिलोना, डिनामो किएभ, फेरेनचारोस

समूह एच : पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइप्जिग, इस्तानबुल बसाकसेइर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment