+
+
Shares

एकैदिन ३३०७ जना संक्रमणमुक्त, निको हुनेको संख्या ६० हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १६ गते १६:३४

१६ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार अब कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

प्रदेश १ मा ५ हजार ४०२, प्रदेश २ मा १३ हजार ९२८, बागमती प्रदेशमा १८ हजार ८५१, गण्डकी प्रदेशमा ३ हजार ३७९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

त्यस्तै प्रदेश ५ मा ९ हजार ८१, कर्णालीमा ३ हजार २५ र सुदूरपश्चिममा ७ हजार ३० जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० रहेको छ ।

नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?