
फाइल तस्वीर
१७ असोज, काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।
सावधानी अपनाउँदै राष्ट्रपति ट्रम्पलाई वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा लगिएको ह्वाइट हाउसले सूचना जारी गरी जानकारी दिएको छ ।
ट्रम्पलाई उनको विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर लगिएको थियो ।
यसअघि ट्रम्पले एक ट्वीट गरी आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका थिए । अस्पताल प्रस्थान गर्नुअघि ट्रम्पले आफूहरुको स्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
राष्ट्रपति पदको चुनावका प्रतिस्पर्धी जो बाइडेन लगायतले ट्रम्पको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4