Comments Add Comment

रुपन्देहीका १५ पालिकाको माग : राजधानी सार्ने निर्णय सच्चाऊ

१७ असोज, बुटवल । रुपन्देहीका १५ वटा स्थानीय तहले प्रदेश ५ स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव सच्याउन माग गरेका छन् ।

प्रदेश सरकारले शुक्रबार मात्र प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव पेश गरेको छ । सुरुमा तिलोत्तमा नगरपालिकाले प्रदेश राजधानी रुपन्देहीबाट दाङ सार्ने निर्णय अनुपयुक्त र जनभावना विपरित भएको बताएको थियो ।

शनिबार जिल्लाका १५ पालिकाका प्रमुख र उपप्रमुखको वैठक बसेर रुपन्देहीलाई नै स्थायी राजधानी बनाउन सकिने प्रयाप्त आधार, अवस्था, पूर्वाधार र सम्भावना हुँदाहुँदै अन्यत्र सार्न खोज्नु उचित नरहेको ठहर गरेको छ । ‘बहुसंख्यक जनता र क्षेत्रलाई पायक पर्ने, ऐतिहासिक स्थल रुपन्देही नै प्रदेशको स्थायी मुकामका रुपमा घोषणा गरियोस् भन्ने आम चाहना छ’-वैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनी,अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्ऽ, अन्तर्राष्ट्रिय सिमाना, प्रशासनिक पहुँच, सुगमता, औद्योगिक तथा व्यापारिक केन्ऽ र मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको र जनसंख्याको अनुपातका हिसाबले पनि रुपन्देही नै प्रदेश मुकामका लागि उपयुक्त स्थल हो ।’

अस्थायी मुकाम स्थापना गर्न स्थानीय तह, व्यवसायीक, सामाजिक संघसंस्था, सामुदायिक संघहरुले गरेको योगदानको उच्च कदर र अहिलेसम्मको पूर्वाधार निर्माणमा भएको प्रदेशको वजेटको समेत विचार गर्दै निर्णयलाई सच्याउन पालिकाहरुले माग गरेका तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।

रुपन्देहीका १६ स्थानीय तहमध्ये ओमसतिया गाउँपालिकाका प्रमुख हिरा केवट भने वैठकमा अनुपस्थित थिए । उनी तत्कालीन माओवादी केन्द्रबाट जिल्लामा निर्वाचित एक मात्र पालिका प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment