
१७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फस्ट लेडी मेलानियाको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।
ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण भएको थियो । भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै शिघ्र लाभको कामना गरेकी हुन् ।
आफ्नो सन्देशमा भण्डारीले कोभिड-१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोड समेत दिएकी छन् । आफ्नो सन्देशमा भण्डारीले नेपाल र अमेरिकाको विचमा रहेको वहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने धारणा व्यक्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4