Comments Add Comment

एपस्टोरबाट ३ महिनामै एप्पलले कमायो २० अर्ब डलर, गुगल भन्दा दोब्बर

एप डेभलपरहरुलाई पर्याप्त भुक्तानी नदिएको भनी गुगल र एप्पलका बारेमा पछिल्लो समय आलोचना बढिरहेको बेला एपको माध्यमबाट यी कम्पनीहरुले गर्ने आम्दानीमा चाहीँ भारी वृद्धि भैरहेको छ ।

सन् २०२० को तेश्रो त्रैमासिकमा एप्पलले एप स्टोरबाट १९ अर्ब डलर आम्दानी गर्न सफल भएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको अवधिमा एप्पलले इन-एप पर्चेज, सब्सक्रिप्सन तथा सशुल्क एपहरुको माध्यमबाट १९ अर्ब डलर आम्दानी गर्न सफल भएको सेन्सर टावरको रिपोर्टले जनाएको छ ।

एपबाट एप्पलको गरेको आम्दानी गुगल प्ले स्टोरबाट गुगलले गरेको आम्दानीको तुलनामा झण्डै दोब्बर हो । यस अवधिमा १० अर्ब ३० करोड डलर आम्दानी गरेको छ ।

रिपोर्ट अनुसार तेश्रो त्रैमासिकमा विश्वभर गरी मोबाइल एपमा प्रयोगकर्ताहरुले २९ अर्ब ३० करोड डलर खर्च ग्रेका छन् । त्यस्तै एप स्टोर र गुगल प्लेबाट ३६ अर्ब ५० करोड पटक एपहरु डाउनलोड भएका छन्। अघिल्लो वर्ष सोही अवधिमा विश्वमा एप इन्स्टल भएकेा संख्या २८ अर्ब ३० करोड थियो ।

पहिलो त्रैमासिकमा ३६ अर्ब ५० करोड पटक एप इन्स्टल भएकोमा गुगल प्ले स्टोरबाट २८ अर्ब ३० करोड पटक र एप्पलको एप स्टोरबाट ८ अर्ब २० करोड पटक एप इन्स्टाल भएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment