+
+
Shares

राष्ट्रपति भण्डारीले गरिन् ट्रम्पको स्वास्थ्यलाभको कामना

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १८ गते ६:२५

१८ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीलाई शुक्रबार कोरोना संक्रमण भएको थियो ।

भण्डारीले ट्रम्पलाई एक सन्देश पठाउँदै शीघ्र लाभको कामना गरेकी हुन् । आफ्नो सन्देशमा भण्डारीले कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोडसमेत दिएकी छन् ।

सन्देशमा भण्डारीले नेपाल र अमेरिका बीचको वहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने धारणा व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?